२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

उन्नति लघुवित्तले राख्यो प्रदेश ५ को राहत कोषमा तीन लाख



मायादेवी अनलाइन, चारनम्बर ।
उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश ५ सरकारलाई तीन लाखको चेक हस्तान्तरण गरेको छ । प्रदेश सरकारको कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा उन्नति लघुवित्तले उक्त चेक हस्तान्तरण गरेको हो ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक तथा सञ्चालक कृष्ण प्रसाद गौतमले मुख्यमन्त्री शंकर पोख्रेल समक्ष उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।

उन्नतिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाइरस राहत कोषमा ६ लाख ५० हजार दिने घोषणा गरिसकेको छ । सोही अनुरुप प्रदेश ५ लाई उन्नतिले तीन लाख दिएको हो ।

कोरोना भाइरसका कारण निम्तिने जोखिम कम गर्नका लागि प्रदेश सरकारले राहत कोष स्थापना गरेर सक्दो सहयोग गर्न विभिन्न क्षेत्रसंग आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ११ : ०६ बजे