२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

चर्को मूल्यमा नुन बेच्ने व्यापारीलाई दुई लाख जरिबाना



काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।

त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०/ ५० हजार जरिबाना गरेको छ । रासस

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ६ : ४८ बजे