४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

‘पार्टी फुटे इतिहासकै कलंक हुन्छः’ राम नारायण विडारी



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सरकारले जारी गरेको अध्यादेशकै कारण नेकपा नफुट्ने दाबी गर्नु भएको छ । सोमबार जारी भएका पार्टी विभाजन सम्बन्धि अध्यादेश २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धि अध्यादेश २०७७ का कारण नेकपा नफुट्ने उहाँले दाबी गर्नुभएको हो ।

नेकपाका प्रभाशाली नेता समेत रहनु भएका विडारीले बुधबार विहान रेडियो मायादेवीको कार्यक्रम समय संवादसंग कुरा गर्दै अध्यादेश जारी भएको समय भने बेठिक भएको बताउनु भयो ।

विडारीसंग गरिएको थप कुराकानी यहाँ क्लीक गरे पछि सुन्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ८ : ०२ बजे