१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कांग्रेस नेता पौडेल जापान सरकारबाट सम्मानित हुँदै



काठमाडौं ।
पूर्वसभामुख नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ग्राण्ड कोर्डन अफ् द अर्डर अफ् द राइजिङ सन विभुषणले सम्मान गर्ने भएको छ ।

जापान सरकारले पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरी सांसदका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

नेपाल र जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर गर्दै वरिष्ठ नेता पौडेललाई यो विभुषण प्रदान गर्ने निर्णय गरेको नेपालमा रहेको जापानी दूतावासले जनाएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ३ : ०८ बजे