५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुमा बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबजस्ती करणीको प्रयास गर्ने अन्दाजी ३० बर्षीय मुस्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छन् ।

रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकी एक बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।

बालिकाको स्वाथ्य परीक्षणका लागि बहादुरगंज पठाइए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छन् । पीडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।.

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ५३ बजे