२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

विश्वभर कोरोनाबाट २ लाख ७० हजारको मृत्यु, संक्रमित संख्या ३९ लाख २९ हजार नाघ्यो



एजेन्सी ।
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचारअनुसार विश्वभर करिब ४९ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २२ लाख ६२ हजार अर्थात् करिव ९८ प्रतिशतको अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजार ६१५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार १२९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि यहाँ २ हजार ५२८ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७६ हजार ९२८ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २७४, स्पेनमा २१३ र फ्रान्समा १७८ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु


विश्वभर ३९,२९,५९७ १३,४७,८५४ २,७०,८६८
१. युरोप १५,६५,१५७ ६,१६,९७३ १,४८,५९३
२. उत्तर अमेरिका १४,१२,००८ २,६९,७८७ ८५,२४७
३. एसिया ६,१९,९८२ ३,३९,८६८ २१,२१६
४. दक्षिण अमेरिका २,६७,८६७ ९३,९४१ १३,५९६
५. अफ्रिका ५५,३६४ १९,११८ २,०८३
६. अस्ट्रेलिया ८,५०८ ७,५२२ ११८

दक्षिण एसियाली मुलुकहरु

१. भारत ५६,४०९ १६,७९० १,८९०
२. पाकिस्तान २५,८३७ ७,५३० ५९४
३. बंगलादेश १२,४२५ १,९१० १९९
४. अफगानिस्तान ३,५६३ ४६८ १०६
५. श्रीलंका ८२४ २३२ ९
६. माल्दिभ्स ६४८ २० ३
७. नेपाल १०१ २२ –
८. भुटान ७ ५ –
–एएफपी

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ४ : ०७ बजे