२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

देशभर कोरोना संक्रमित ४ सय २ पुगे



काठमाडौं ।
नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो ।

यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन् ।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । ३७ जना उपचारपछि निको भएका छन् । डा. देवकोटाका अनुसार झापाका १ जना संक्रमित आज डिस्चार्ज भएका हुन् । उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ४ : ३६ बजे