२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कपिलवस्तुको कन्ट्याक्ट ट्रेसिङमा खटिएका चिकित्सक नै कोरोना संक्रमित



काठमाडौं ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सकलाई संक्रमण भएको मन्त्रालय स्रोतले बताएको छ। उनी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी हुन्।

संक्रमित डाक्टर पछिल्लो पटक कपिलवस्तुमा देखिएको संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएका बताइएको छ। देशभर ४ सय २ जनामा संक्रमण हुँदा आज मात्रै २७ जनामा संक्रमण भएको छ।

त्यसमध्ये उपत्यकाका ५ जनामा संक्रमण भएको भेटिएको छ। उनी त्यसैमध्येका एक चिकित्सक भएको बुझिएको छ। यसअघि देशका विभिन्न अस्पतालमा कार्यरत ३ जना नर्समा कोरोना पोजेटिभ पाइएको थियो।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ९ : ५७ बजे