२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

कपिलवस्तुसहित देशभर थपिए २५ जना कोरोना संक्रमित



काठमाडौं ।
नेपालमा बुधबार २५ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन् ।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १२, रुपन्देहीमा १ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ । आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ४ : ३८ बजे