१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा हप्तामा ४ दिन बैङ्क खुल्ने, कुन बैङ्कको लागि कुन बार अनुमति ?



मायादवी अनलाइन, चारनम्बर ।
जिल्ला सिल भएको अवस्थामा पनि कपिलवस्तुमा हप्ताको लागि ४ दिन बैङ्क तथा वित्तिय संस्था खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गर्दै सो कुरा जनाएको छ । जेठ ५ गते जारी गरिएको सूचना अनुसार भनिएका कुराहरुलाई यथावत् राखि बैङ्कहरु संचालनको लागि यस्तो सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्धारा जारी सूचनामा उल्लेख छ ।

सो सूचना अनुसार अब बैङ्कहरु आइतबार, बुधबार, सोमबार र विहीबार मात्र खुल्न पाउने छन् । यसको लागि पनि प्रशासनले बैङ्कहरुलाई २ भागमा बाँडेको छ ।

नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क, राष्ट्रिय बाणिज्य बैङ्क, एभरेष्ट बैङ्क, एन आइसी एसिया, प्रभु, तिनाउ मिसन डेभलपमेन्ट बैङ्क र एन एमबी बैङ्क आइतबार र बुधबार खुल्न पाउने छन् भने माछापुच्छ्रे, लक्ष्मी, मेगा, कामना सेवा, ग्लोबल आइएमई, गरिमा विकास वैङ्क, नविल बैङ्क र यो सूचनामा उल्लेख नभएका अरु बैङ्क तथा वित्तिय संस्थाहरु सोमबार र विहिबार खुल्न पाउने गरी नियम बनाएको छ ।

यसअघि जारी भएको सूचनामा द्धिविधा उत्पन्न भएपछि यो सूचना जारी गर्नु परेको प्रशासनले जनाएको छ । साथै बैङ्किङ् सेवा दिँदा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, सेनेटाइजर प्रयोग गर्न पनि भनिएको छ । प्रशासनले दिएको मापदण्ड अनुसार भोलि देखि नै निर्णय कार्यान्वयन हुने छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  ६ : १२ बजे