२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

कोरोना संक्रमितको संख्या ४ सय ४४ पुग्यो, प्रदेश १ मा थपिए १७ जना



काठमाडौं ।

प्रदेश १ का थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ। यसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ।

बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्। प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ। निको हुनेहरुको संख्या २६ पुगेको छ। हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन्।

प्रदेश एकमा हिजोसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। त्यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको मुख्यमन्त्री कार्यालय प्रदेश एककले जनाएको छ। यो स‌गै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

Image may contain: text

प्रकाशित मिति : ८ जेष्ठ २०७७ बिहिबार ००:००  ७ : २५ बजे