रेडियो   टिभी

शिवपुरमा गोमन सर्पको टोकाईबाट युवकको मृत्यु


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको शिवराज नगरपालिका-१ शिवपुरमा गोमन सर्पको टोकाईबाट एक युवाको मृत्यु भएको छ । सर्पले टोक्दा २० वर्षीय सोनु बिकको ज्यान गएको वडा अध्यक्ष जगत जिसीले बताए ।

मंगलवार राति सुतिरहेको बेला विषालु सर्पले टोकेको थियो । सर्पले टाकेको हो होईन भन्दै अलमल मै समय बित्यो ।

मध्यरातमा सर्पले टोके पनि उपचारका लागि बुधवार बिहान मात्र लगिएको थियो उपचारको लागि गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा पु¥याउदा बाटोमै युवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस