रेडियो   टिभी

अपडेटः वाणगंगाका वडा नं. ८, ३, ११, ५, १०, ६ र बुद्धभूमि-४ का दुई जना


मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा ८ जना थपिएका कोरोना संक्रमित मध्ये ६ जना वाणगंगा नगरपालिका र २ जना बुद्धभूमि नगरपालिकाका रहेका छन् ।

शनिबार स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार ८ जना जिल्लामा थप कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित थपिएका मध्ये वाणगंगा नगरपालिका वडा नं. ८ का बर्ष २५ बर्षीय, वडा नं.३ का १९ बर्षीय, वडा नं. ११ का ४२ बर्षीय, वडा नं. ५ का ४० बर्षीय, वडा नं. १० का ३५ बर्षीय पुरुष रहेका छन् । यस्तै वडा नं. ६ की २७ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

यता बुद्धभूमि नगरपालिका वडा न. ४ का १७ बर्षीय र सोही ठाउँका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यी सबै संक्रमितको स्वाब बाणगंगा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट भएको थियो । आज थपिएका मध्ये एक जना वडाध्यक्ष र पत्रकार समेत रहनेका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस