८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वाणगंगा सुनचाँदी व्यवसायी संघले भन्यो-कोरोनाबाट सबै सुरक्षित रहनुहोला



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा सुनचाँदी व्यवसायी संघले आफ्ना सम्पूर्ण ग्राहक बर्ग, कालीगढ तथा संघमा आवद्ध व्यवसायीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति निकाल्दै संघले नगर क्षेत्रभित्र कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको भन्दै सबैलाई आफ्नो सुरक्षा गर्दै परिवार र सिंगो समुदायलाई सुरक्षित बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएको छ ।

संघका नगर अध्यक्ष तथा प्रदेशश ५ का सदस्य दिल बहादुर खातीद्धारा जारी विज्ञप्तिमा लामो समयको लकडाउनको मारमा पर्ने कालिगढ र व्यवसायीलाई नहतारिन आग्रह गर्नुभएको छ । यो विषम परिस्थित यहाँमात्र नभएर संसारभर रहेको भन्दै आगमी दिनमा परिस्थिती सामान्य भएपछि सबै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नगरभित्रका सुचचाँदी पसमा काम गर्ने कालिगढलाई राहत सामग्री बाँडेर संघले सहयोग गरेको भन्र्दै लकडाउन थपिँदै गयो भने फेरि सोच्न सकिने पनि उहाँले जनाउनुभएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७ शनिबार ००:००  ११ : ५७ बजे