१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु अस्पतालकी नर्सले पनि कोरोना जितेर घर फर्किइन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप एक जना नर्सले कोरोना जितेर घर फर्किएकी छिन् । तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो ।

नेपालकै पहिलो स्वास्थ्यकर्मीका रुपमा उनलाई कोरोना देखिएपनि आईसोलेशनबाटै उनले कोरोना जितेर सोमबार घर फर्किएकी अस्पताल स्रोतले जनाएको छ ।

शनिबार साँझमात्र बुटवलमा उपचाररत कपिलवस्तुका १० जना कोरोना संक्रमितले एकै पटक कोरोना जितेर घर फर्किएका थिए । यससंगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ११ पुगेको छ ।

जिल्लाका १० ओटै स्थानीय तहमा फैलिएको कोरोनाका संक्रमित जिल्लामा ८० जना पुगेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १० : २६ बजे