७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वडाध्यक्ष गैरेले भारतबाट आएको तीन दिनमै क्वारेनटाइनमा बसेकालाई छाडे, गाउँले त्रसित !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेको मनोमानीमा क्वारेन्टाइनमा बसेका एक वडा सदस्यलाई तीन दिनमै घर पठाइ दिएका छन् ।

तीन दिन अघि वडा सदस्य चन्दा कुर्मीसहित ३ जना विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । प्रा.वि.सानो बरगदवाको क्वारेन्टाइनमा बस्दै आएकी वडा सदस्य चौधरी सहित एकै घरका ३ जनालाई नियम विपरित वडा अध्यक्षले घर पठाइ दिएपछि स्थानीयले विरोध गरेका छन् । कोरोनाको त्रासमा हालै भारतबाट आएकी वडा सदस्यलाई गाउँ फर्काएपछि तौलिहवा क्षेत्रमा त्रास छाएको छ ।

वडा सदस्य चौधरीसहित घरका ३ जना लकडाउन हुनुपूर्व भारतस्थित विहार राज्य गएका थिए । त्यस मध्ये वडा सदस्य विहार माइती घरमा गएको खुलेको छ ।

आफ्नो वडा सदस्यलाई घर पठाइदिएर अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु पक्षपात व्यवहार भएको स्थानीय नेताले मायादेवी अनलाइनलाई बताए । भारतबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने नियमै छ, उनले भने, ‘वडाअध्यक्षको मनोमानीमा सदस्यलाई घर पठाएका छन् ।’

अरु सवै भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा बसेका छन् । वडा सदस्य सहित एकै घरका ३ जनालाई घर पठाएपछि समुदायमा त्रास फैलिएको स्थानीयको भनाइ छ ।

यता वडाध्यक्ष गैरेले सबैको चित्त बुझाउँदा बुझाउँदै आफु तनावमा परेको बताए । गाउँलेले क्वारेनटाइनमा बसाल्न खोज्दा नदिए पछि वडा सदस्य घरमै गएर बस्छु भनेर गएको उनले जनाए । क्वारेनटाइनमा राख्दा गाउँलेले बत्ति, पानी नदिने गर्दा निकै समस्या आउने गरेको उनले गुनासो गरे । यी जनप्रतिनिधि भारतमा कमाउन नगएको र भारतमा हुँदा सुरक्षित तरिकाले बसेर नेपाल आएको उनले दाबी गरे । अरु वास्तविक कुरा बुज्न आफु उक्त स्थानमा जान लागेको उनले मायादेवीलाई बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १२ : ४१ बजे