१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोभिड–१९ रेसपोन्समा सिद्धार्थको सकृयता



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसले निम्त्याएको संकटमा कपिलवस्तुको एक गैर सरकारी संस्थाले आफनो सकृयता बढाएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि यसको रोकथाम र यसबाट सिर्जित समस्यामा स्थानीय संस्थाले सहयोग पु¥याएको हो ।

लामो समयदेखिको लकडाउन र कोरोना भाइरसको संक्रमणबाट समुदाय नराम्ररी प्रभावित भएपछि कपिलवस्तु स्थित एक गैर सरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले सचेतना, राहत प्याकेज, मर्यादा किट, कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अत्यावश्कीय स्वास्थ्य सामग्री, क्वारेन्टाइन व्यवस्थापन लगाएतका क्षेत्रमा सहयोग गरेको छ ।

संस्थाले लकडाउनको अवधि देखि नै समुदायमा सचेतना, स्थानीय र प्रदेश सरकारसंग साझेदारी, स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले बताए । कपिलवस्तु लगाएत प्रदेशका अधिकांश जिल्ला कोरोनाको संक्रमणबाट प्रभावित भइरहेका बेला संस्थाले कोभिड-१९ को आपतकालिन अवस्थामा प्रदेश स्तरमा काम गरिरहेको अध्यक्ष आचार्यले बताए । प्रदेश नम्बर ५ मा कपिलवस्तुका सवै स्थानीय तह कोरोनाबाट प्रभावित हुँदा थप सहयोगको आवश्यकता खड्किएको बताइएको छ ।

कोरोना महामारीका कारण समुदायमा सचेतना र सतर्कता अपनाउन जरुरी देखिएको छ । पछिल्लो समय जिल्लाका क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको छ । उनीहरुको आधारभूत आवश्यकता समेत पुरा नभएको प्रति स्थानीय सरोकारवाला चिन्तित बनेका छन् । पालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई व्यवस्थित गरिनुपर्ने मानवअधिकार कर्मीको माग छ ।

क्वारेन्टाइमा बसेका व्यक्तिहरुको आधारभूत आवश्यकता समेत परिपूर्ति नभएको र त्यसका लागि जिल्ला स्थित सरकारी तथा विभिन्न निकायको ध्यानाकर्षण गराइएको मानव अधिकारकर्मी पोमनारायण पौडेलले बताए । महामारीका बेला स्थानीय सरकारलाई जिम्मेवार बनाउदै कोरोना रोकथाम र नियन्त्रणमा सवै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने मानव अधिकारकर्मी पौडेलले बताए ।

स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्रीको अभाव भइरहदा शनिबार र आइतबार संस्थाले कोरोना भाइरसको रोकथाम र सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । केयर नेपालको सहकार्यमा कपिलवस्तुको यशोधरा, मायादेवी, वाणगंगा, रुपन्देहीको लुम्बिनी, साँस्कृतिक नगरपालिका, मर्चवार, समरीमाई गाउँपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । त्यस्तै युनएफपिएको सहयोगमा क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाका लागि मर्यादा किट समेत वितरण गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ८ : २४ बजे