२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

अपडेटः दुई बर्षीया बालिकासहित यशोधरामा भेटिए २४ जना कोरोना संक्रमित



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।

जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन ।

जसमा दुई बर्षीया बालिका रहेकी छिन । यस्तै अरु १९ बर्ष देखि ५५ बर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

यिनीहरुको अनिरुद्ध माध्यमिकमा नमुना परिक्षण गरिएको थियो ।

सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक एक गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो ।

यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ । मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ५ : २४ बजे