१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा शिक्षकद्धारा १५ बर्षीया बालिका बलात्कृत



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना भाईरसका कारण जारी लकडाउनको बेला कपिलवस्तुमा शिक्षकबाटै महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षीया बालिका बलात्कृत भएकी छिन ।

नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालय औराहाका शिक्षक २८ बर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार भएका छन । लोहारले मंगलवार राति बालिकालाई घरबाट तानेर घरको पछाडी लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन ।

घर पछाडी अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । सो लगत्तै पीडीत बालिकाका परिवारले प्रहरीलाई त्यसबारे जानकारी गराएको थियो । पीडक लोहारलाई समात्न खोज्दा गाउँका केहीले उनलाई भगाएको पीडीत बालिकाको परिवारले गुनासो गरे ।

बालिकाको बहादुरगंज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ । पीडीत बालिकाका परिवारले लोहार बिरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएको छ । बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पीडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए । लकडाउनका बेला कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  १० : ३७ बजे