१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पछिल्लो ४८ घण्टामा कपिलवस्तुमा कोरोना संक्रमित भेटिएनन



मायादेवी अनलाइन, चार नम्बर ।
पछिल्लो ४८ घण्टामा कपिलवस्तुमा कोरोना संक्रमित भेटिएका छैनन । गत मंगलबार जिल्लाको यशोधरा गाउँपालिकामा एकै पटक २४ जना कोरोना संक्रमित भेटिएपनि पछिल्ला ४८ घण्टामा कुनै संक्रमित नभेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार दिउँसो सवा २ बजे राखेको पत्रकार सम्मेलनमा देशका विभिन्न जिल्लामा गरी १ सय ६२ संक्रमित भेटिएको जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार साँझ उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म ३५ सय ४८ स्वाब संकलन गरिएको छ । जसमा १९ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

अझै १४ सय ८१ जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

जिल्लाका १० स्थानीय तहका क्वारेनटाइनमा ६ हजार १ सय ४ जना रहेका छन ।

जिल्लामा सबैभन्दा बढी कोरोनाबाट यशोधरा गाउँपालिका प्रभावित भएको छ । जहाँ ३६ जना संक्रमित भेटिएका छन । जिल्लामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको मायादेवी गाउँपालिकामा १५ जना, वाणगंगा नगरपालिकामा १२ जना, कपिलवस्तु नगरपालिकामा ११ जना, महाराजगञ्ज नगरपालिकामा ९ जना, कृष्णनगर नगरपालिकामा ८ जना रहेका छन ।

यस्तै शिवराज नगरपालिकामा ६ जना, बुद्धभूमि नगरपालिकामा ६ जना, विजयनगर गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकामा २ जना रहेका छन् ।

जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ३ : ४० बजे