१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा थप १५ जनामा कोरोना पुष्टि, रुपन्देहीको सैनामैनामा पनि देखियो कोरोना



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तुमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका गरेर १५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । यसको वितृत विवरण आउँन बाकी छ ।

बिहिवार भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कपिलवस्तुका १५ र रुपन्देहीका १ जना गरी १६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले पुष्टि गर्नुभएको छ ।

उहाका अनुसार कपिलवस्तुको विभिन्न स्थानका १५ जनामा संक्रमण पुष्टि भएको हो । रुपन्देहीको सैनामैना नगरपालिका २७ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रोजगारीका लागि १६ जना भारतबाट आएका व्यक्तिहरु हुन् । हाल सबै क्वारेन्टाइनमा छन् ।

सबै ट्राभल टे«सिङ गर्ने कार्य भइरहेको गिरीले बताउनुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : २८ बजे