६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

विजयनगर कोरोना अपडेटः संक्रमित ९ जना कै ठेगानासहित



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार विजयनरमा थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

दाङमा गरिएको कोरोना परिक्षणमा वडा ३ का वर्ष २३ र ३० का दुई जना पुरुष, वडा ५ का वर्ष २६ एक जना पुरुष र वडा ७ का वर्ष ४३, ५२, ३७, ३९,४० र २७ का पुरुष ६ जना गरी ९ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

जेठ ९ गते ९५ जनामा गरिएको स्वाब परिक्षण गरिएको गणेशपुर क्वारेन्टाइनका २ जना, जुडपानीका क्वारेन्टाइनका ७ जना रहेका गाउँपालिका स्वास्थ्य प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनुभएको छ ।

अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रत्यक्ष स्वास्थ्य निगरानीमा रहेको बताउनुभयो । विहीबार नै उहाँहरुलाई आइसोलेशन सेन्टरमा राखिने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

यो सँगै विजयनगर गाउँपालिकामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । सबै भारतको विभिन्न ठाउँबाट नेपाल प्रवेश गरेको पाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ३६ बजे