११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

विजयनगरको आइसोलेशन सेन्टरमा पुगे मन्त्री, भनेः जिल्लाकै व्यवस्थित लाग्यो



राम प्रघट कोरी, विजयनगर ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ ।

विहीवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आयुर्वेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण गरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेको मन्त्री बरालले बताउनुभयो । उहाँले सल्लाह सुझावका साथै आइसोलेशन सेन्टरलाई थप व्यवस्थापनका लागि निरन्तरता दिँदै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयोे ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख, डब्लु.एच.ओका प्रतिनिधि, सहितको टोलीले जिल्लाको विभिन्न पालिकाको आइसोलेशन सेन्टर अनुगमनको क्रममा विजयनगरमा आएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ९ : ४७ बजे