८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संघीय सरकारबाट कपिलवस्तुका १० स्थानीय तहले कति कति बजेट पाए ? हेर्नुहोस पूरा विवरण



दिपक अनुरागी, चार नम्बर ।
आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदानको विवरण शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमार्फत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानको शीर्षकमा सातवटा प्रदेश र ती प्रदेशका पालिकाहरुलाई विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो ।

जस अन्तर्रगत कपिलवस्तुका १० स्थानीय तहले पनि अनुदान वापतको बजेट पाएका छन । ६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा नगरपालिका तर्फ सबैभन्दा बढी वाणगंगा नगरपालिकाले बजेट प्राप्त गरेको छ ।

वाणगंगा नगरपालिकाले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ६२ करोड ७६ लाख प्राप्त गरेको छ । जसमा समानीकरण तर्फ १८ करोड ९१ लाख, सशर्त तर्फ ४१ करोड ६५ लाख, विशेष अनुदान तर्फ १ करोड ८० लाख र समपुरक तर्फ ४० लाख प्राप्त गरेको छ ।

यस्तै संघीय सरकारबाट धेरै बजेट पाउने दोस्रो नगरपालिका बुद्धभूमि परेको छ । बुद्धभूमिले समानीकरण अनुदान र सशर्त गरी ५१ करोड ७४ लाख बजेट पाएको छ । जसमा समानीकरण तर्फ १७ करोड ९ लाख र सशर्त तर्फ ३४ करोड ६५ लाख बजेट पाएको छ भने विशेष अनुदान र समपुरक अनुदान तर्फ बजेट पाएको छैन ।

कपिलवस्तुको पुरानो कपिलवस्तु नगरपालिकाले ५१ करोड १३ लाखको बजेट पाएको छ । जसमा समानीकरण तर्फ १९ करोड ७ लाख रहेको छ भने सशर्त तर्फ ३२ करोड ६ लाख रहेको छ ।

शिवराज नगरपालिकाले ४९ करोड ६२ लाख बजेट पाएको छ । जसमा समानीकरण तर्फ १७ करोड १६ लाख रहेको छ भने सशर्त तर्फ ३२ करोड ४६ लाख रहेको छ ।

कृष्णनगर नगरपालिकाले चार ओटै शिर्षकमा गरी ४३ करोड ३४ लाख बजेट प्राप्त गरेको छ । जसमा समानीकरण तर्फ १६ करोड ७९ लाख रहेको छ । यस्तै सशर्त तर्फ २५ करोड २१ लाख, विशेष अनुदान ७० लाख र समपुरक तर्फ ६४ लाख बजेट पाएको छ ।

महाराजगञ्जले ४२ करोड ६३ लाखको बजेट पाएको छ । जसमा समानीकरण तर्फ १५ करोड १४ लाख प्राप्त गरेको छ भने सशर्त तर्फ २७ करोड १९ लाख रहेको छ ।

चार गाउँपालिका मध्ये सबैभन्दा बढी मायादेवी गाउँपालिकाले ३५ करोड ४६ लाख बजेट प्राप्त गरेको छ । जसमा समानीकरण तर्फ १४ करोड ५ लाख रहेको छ भने सशर्त तर्फ २१ करोड ४१ लाख रहेको छ ।

विजयनगर गाउँपालिकाले ३० करोड ७१ लाख बजेट प्राप्त गरेको छ । जसमा समानीकरण तर्फ ११ करोड ८९ लाख रहेको छ भने सशर्त तर्फ १८ करोड ८२ लाख रहेको छ ।

यशोधरा गाउँपालिकाले ३० करोड ७१ लाख बजेट पाएको छ । समानीकरण तर्फ १२ करोड ३८ लाख र शसर्त तर्फ १७ करोड ११ लाख रहेको छ ।

शुद्धोद्धन गाउँपालिका संघीय सरकारबाट बजेट पाउनेमा अन्तिममा रहेको छ । यो गाउँपालिकाले २९ करोड ३८ लाख बजेट पाएको छ । जसमा समानीकरण तर्फ १३ करोड ३२ लाख रहेको छ भने सशर्त तर्फ १६ करोड ६ लाख रहेको छ ।

गत बर्षको भन्दा यो बर्ष बजेट केहि बढेर आएको वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्यालले बताउनुभयो । समानीकरणको बजेटमा केहि बृद्धि भएको र सम्पूर्ण बजेटको स्थिती अध्ययनमै रहेको बताउनुभयो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : २५ बजे