१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुका बैंक नियमित खुल्ने भए, थुप्रिएका नदीजन्य पदार्थ ढुवानी अनुमती



मायादेवी अनलाइन, चार नम्बर ।
आइतबारदेखि कपिलवस्तुमा नियमित रुपमा बैंक र वित्तिय संस्थाहरु चल्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुक्रबार बसेको सुरक्षा संयन्त्रको वैठकले एक सूचना जारी गर्दै वैशाख १८ गते अर्थात् आगामी आइतबारबाट जिल्लाभरका बैङ्क र वित्तिय संस्था चल्न पाउने गरी निर्णय गरेको हो । यसअघि बैंकहरुलाई दुई भागमा बाँडेर हप्ताको ४ दिन संचालनको अनुमति दिइएको थियो ।

यस्तै वैठकले घाटगद्धि गरि राखिएका नदीजन्य पदार्थ ढुवानीको लागि पनि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

यस्तै अन्य अत्यावश्कीय पसल पनि विहान ७ बजेदेखि दुई घण्टा दैनिक खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : ३३ बजे