१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुका पन्ध्र जनाले कोरोना जितेर होम क्वारेनटाइनमा फर्किए



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका १५ जनाले कोरोनालाई जितेर होम क्वारेनटाइनमा फर्किएका छन । आइसुलेशनको बास बसेर कोरोना जितेर होम क्वारेनटाइनमा फर्किएका हुन । विहीबार मात्र जिल्लाका थप चार जनाले कोरोनालाई जितेका छन । दाङको बेलझुण्डीस्थित उपचाररत शिवराज र कृष्णनगरका कोरोना संक्रमितले भाइरस जितेका हुन् ।


यसभन्दा अगाडी एक नर्ससहित ११ जनाले कोरोना जितेर घर फर्किएका थिए । कोरोनाको कुनैपनि औषधि पत्ता लाग्न नसके पनि मनोबल उच्च बनाउने, दैनिक सरसफाईमा ध्यान दिने गर्दा भाइरसलाई सजिलै जित्न सकिन्छ ।

यता नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फिर्नेको सङ्ख्या बढ्दै गएको छ ।

विहीबार दाङबाट आठ जना, पाटन अस्पतालबाट सात जना, काठमाण्डौको टेकु अस्पताल र बलम्बुको अस्पतालबाट दुईरदुई जना गरी १९ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा एक सय ६२ जना पुरुष र ४४ जना महिला गरी कोरोना जित्नेको सङ्ख्या दुई सय ६ पुगेको छ ।

नेपालमा अहिलेसम्म ५२ जिल्लामा सङ्क्रण देखिएकोमा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १२ पुगेको छ । मन्त्रालयका अनुसार आज एकैदिन एक सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

विहीबार थप एक जनाको कोरोनाको कारण ज्यान गएको पुष्टि भएसँगै कुल मृतकको सङ्ख्या ६ पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ७ : २१ बजे