२८ बैशाख २०८१, शुक्रबार | Sat May 11 2024

कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित, संख्या पुग्यो २६५



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा एकै पटक ७७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले शनिबार दिउँसो दिएको जानकारी अनुुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २६५ पुगेको छ ।

शनिबार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन । जस अनुसार महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन ।

कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन ।

शुक्रबार मात्र जिल्लाका चार स्थानीय तहमा गरी ५२ जना संक्रमित थपिएका थिए । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै जान थालेको छ ।

यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमण फैलन नदिन जेष्ठ २० गतेसम्म जिल्ला सिल गरेपनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्ने निर्णय गरिएको छ भने दैनिक दुई घण्टा अत्याश्वकीय पसल सञ्चालन गर्न लिने निर्णय गरेको छ । यो निर्णय आइतबार देखि लागु हुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ३ : २६ बजे