३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

कोरोना संक्रमितको उपचारका लागि यी व्यक्तिले दिए निजी अस्पताल र होटल



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढे पछि निजी अस्पताल र होटल समेत आईसोलेशन सेन्टरका लागि दिईएको छ । पूर्व क्रिकेटर, एक समाजसेबीले आफ्नो निजी अस्पताल तथा एक होटल ब्यवसायीले आफ्नो रेस्टुरेन्ट नै आईसोलेशन सेन्टर बनाउन दिएका हुन ।

तिनै जनाले निःशूल्क रुपमा सेन्टरका लागि सो प्रयागे गर्न दिएका हुन् । जिल्लामा २ सय ६५ जना संक्रमित पुगेका छ । बिरामीहरुलाई राख्न समस्या भए पछि उनीहरुले आईसोलेशन सेन्टरका लागि आफै अग्रसर भएर दिएका हुन ।

मायादेवी गाउँपालिकाका अन्तर्राष्ट्रिय स्तरका पूर्व क्रिकेटर फैजल खाँले पकडीमा रहेको आफ्नै फैजा अस्पताल आईसोलेशन सेन्टर बनाउन दिएका छन् । यस्तै शुद्धोदन गाउँपालिकाका अजिजुर रहमानले समेत लबनीमा सञ्चालनमा रहेको १५ शैया क्षमताको अलशेख हस्पिटल आईसोलेशनका लागि दिएका छन । यी दुवै जना नेकपाका नेता समेत हुन ।

उता होटल ब्यवसायी दिनेश रायमाझीले तौलिहवा स्थित तिलौराकोट क्याफे एन्ड रेस्टुरेन्टलाई आइसोलेशनका लागि दिएका छन । पकडीमा रहेको फैजा अस्पतालमा १७ बेडको, लवनी अस्पतालमा १५ र तिलौराकोट क्याफेमा १० बेडको आइसोलेशन सेन्टर संचालनमा आएको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा अझै आधा भन्दा बढी पालिकाले आईसोलेशन सेन्टर निर्माण गर्न नसके बेला क्रिकेटर, समाजसेवी र होटल ब्यवसायीले सेन्टर निर्माणका लागि आफ्ना नीजी अस्पताल र होटल दिएर उदाहरणीय कार्य गरेको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । ‘संक्रमितको संख्या जिल्लामा निरन्तर बढीरहेको छ, बिरामीहरुलाई राख्न पनि समस्या भएको बेला निजी तवरमा आइसोलेशनलाई अस्पताल र होटल दिनु धेरै राम्रा काम हो उनले भने, ‘यो बिपत्तिको बेला सबैले सहकार्य र साथ दिनु पर्छ ।’

करिब २ कठ्ठा बढि जग्गाको क्षेत्रफलमा निर्मित दुई तत्ले २२ कोठे भवन रहेको फैवा अस्पताल लकडाउनका कारण संचालन हुन पाएको थिएन । दुई बर्षको अबधी देखि निर्माणाधिन रहेको अस्पतालको पूर्वाधार निर्माणका लागि सञ्चालक खाँले हालसम्म २ करोड ५० लाख बढि लगानी गरेका छन । अस्पतालमा आधारभूत पूर्वाधार पुरा गरि हालसम्म खाँले १ आईसीयु सहित १७ बेड व्यवस्थापन गरेका छन । लकडाउनले अस्पतालको उद्घाटन रोकिएको छ । ‘मानवीय नाताले महामारीको संक्रमण व्यवस्थापन नभएसम्मका लागि निशुल्क रुपमा आइसोलेशन सेन्टर सञ्चालन गर्न दिएको हुँ’ क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका खाँले भने ।’

अस्पतालमा १ आईसीयुसहित १७ बेड तयार रहेको, अल्ट्रासाउण्ड र एक्सरे बाहेकका सामग्री तयारी हालतमा रहेको उनले जनाए । खाँको प्रश्ताव जिल्ला स्थित कोरोना जोखिम व्यवस्थापन समितीले स्विकार गरी फैवा अस्पतालमा आइसोलेशन बनाउने निर्णय गरेको थियो । अस्पतालमा ५० बेडको बेड संचालन गरिने गाउँपालिका प्रमुख बजरंगी प्रसाद कुर्मीले बताए । क्वारेन्टाईन व्यवस्थापनसंगै आइसोलेशनको समस्या परेका बेला युवा नेता खाँले निजी अस्पताल दिएर प्रशंसनीय कार्य गरेको अध्यक्ष कुर्मीले बताए ।

होटल ब्यवसायी रायमाझीले महामारीको बिपत्तीको बेला आफुले सामाजिक उत्तरदायित्तव बोध गरी ५० लाख बढी लागानी गरेको रेस्टुरेन्ट सेन्टर निर्माणका लागि दिएको बताए । तिलौराकोट ईन्टरनेशनल होटल समेत दिन आफु तयार रहेको उलने बताए । तिलौराकोट क्याफे सेन्टरमा ४ सुरक्षाकर्मी र एक कर्मचारी गरी ५ जना छन । उता अजिजुर रहमानले यो कठिन सयममा आफुले सहकार्य गरेको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : ०० बजे