५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु वाणगंगा अपडेटः ठाकुरापुरकी ६ बर्षीया बालिकाले जितिन् कोरोना



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ ठाकुरापुरकी ६ बर्षीया बालिकाले कोरोना भाइरसलाई जितेर पूर्ण रुपमा निको भएकी छिन । जेष्ठ १ गते काठमाडौंमा उपचारको क्रममा यी बालिकालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको थियो ।

संक्रमण पछि काठमाडौंकै अस्पतालको आइसोलेशमा उपचाररत बालिकको दुई पटककै कोरोना रिपोर्ट नेगेटिभ आएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ‘ठाकुरापुरकी ६ बर्षीया बालिकाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ, स्वास्थ्य शाखा प्रमुख पौडेलले मायादेवीसंग भने, ‘उनको अब नियमित अप्रेसनको काम सुचारु हुँदै छ ।’

उनी बैशाख २७ गते साँझ घाटीको अप्रेशनका लागि काठमाडौं उपचारका लागि गएकी थिइन । त्यही बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तस्बीरः फाइल

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  १ : ३७ बजे