५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुः पछिल्लो २४ घण्टामा संक्रमितको संख्यामा ह्वात्तै कमी आयो, थपिए ५ जना संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा वितेको २४ घण्टामा कोरोना संक्रमित हुनेहरुको संख्यामा ह्वात्तै कमी आएको छ । शनिबार अपराह्न एकैपटक ७७ जनामा कोरोना संक्रमण देखिएपछि आइतबार अपराह्नसम्म आइपुग्दा ५ जनामा मात्र कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जिल्लामा दुई स्थानीय तहमा गरेर ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा महाराजगञ्ज नगरपालिकामा चार र शिवराज नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

महाराजगञ्जमा संक्रमित हुनेहरुमा वडा नं. ४ का तीन जना रहेका छन भने वडा नं. ११ का १ जना रहेका छन । उनीहरुको उमेर ४०, ३७, ४१ र २५ बर्षको रहेको छ । यससंगै महराजगञ्जमा संक्रमितको संख्या ४७ पुगेको छ ।

यता शिवराज नगरपालिका वाड नं. ५ का ३२ बर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतबाट हालै आएर क्वारेनटाइमा बसेका थिए । उनको स्वास्था अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको शिवराजनगरपालिकाको स्वास्थ शाखाले जनाएको छ । उनलार्इ खरेन्द्रपुरको आइशोलेशन वडामा लगिएको स्वास्थ शाखा प्रमुख चुडामणी भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ सय ७० पुगेका छन । प्रदेश ५ का ९ जिल्लामा देखिएको कोरोना संक्रमितको संख्या प्रदेशभर ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ४ : ३१ बजे