२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

कपिलवस्तुको शुद्धोधनमा थप २८ जना कोरोना संक्रमित भेटिए



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप २८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले मंगलबार राति दिएको जानकारी अनुसार जिल्लाको शुद्धोधन गाउँपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित १४ बर्षदेखि २८ बर्ष उमेर समूहका रहेका छन ।

मंगलबार दिउँसो मात्र जिल्लाका तीन स्थानीय तहमा गरी ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो ।

जसमा मायादेवी गाउँपालिकामा देखिएका संक्रमित मध्ये ९ महिलासहित ३२ जना रहेका छन । संक्रमित १० महिने बालकसंगै ८० बर्षका बृद्ध समेत छन ।

शिवराज नगरपालिकाका पन्ध्र जना संक्रमित नै भारतबाट आएको खुलेको छ । नगरका ७ वडाका तीन महिलासहित थपिएका पन्ध्र संक्रमित भारतबाट सिधै क्वारेनटाइनमा आएको नगर प्रमुख नेत्रराज अधिकारीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यस्तै महाराजगञ्ज नगरपालिकाको वडा नं १० का १२ बर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३९३ पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  १० : ५८ बजे