रेडियो   टिभी

लकडाउनका बेला कपिलवस्तुमा फरुवाले हानेर एक जनाको हत्या


मायादेवी अनलाइन, तौलिहवा ।
लकडाउनका बेला कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा मंगलवार राति सवा नौ बजेतिर फरुवाले हानेर एक जनाको हत्या गरिएको छ ।

बाणगंगा नगरपालिकाको कोपवाका ढाडे भन्ने राम लौटन चौधरीले स्थानीय ५० वर्षीय श्याम नाथ तिवारीलाई फरुवाले हानेर मारेका हुन ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशी अनुसार मृतक तिवारीको बायाँ आँखा किनारमा चोट र घाटी निर काटिएको छ ।

घटना लगत्तै स्थानीयले आरोपीलाई नियन्त्रणमा लिई रातभरी बाधेर राखेका थिए । ओरापीले मापसे गरेको र सामान्य बिवादमा रामलौटनले तिवारीलाई आवेगमा आई फरुवाले हानेको प्रहरी निरीक्षक जोशीले बताए ।

थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटनास्थलमा पुगेको छ । मृतक तिवारीको शवलाई घटनास्थलमै सिल गरी प्रहरी नियन्त्रणमा राखिएको छ । शवलाई पोस्टमर्टमका लागि अस्पताल पठाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस