१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा चार सय नाघे कोरोना संक्रमित, बुद्धभूमिमा थप ७ जना थपिए



मायादेवी अनलाइन, चार नम्बर ।
गत बैशाख २५ गतेदेखि कपिलवस्तुमा भेटिन थालेका कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुधबार साँझसम्म ४ सय २ पुगेका छन । बुधबार थप नौ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका र वाणगंगा नगरपालिकाका गरी ९ जनामा संक्रमण देखिएको हो । जसमध्ये बुद्धभूमि नगरपालिकाका ७ जना रहेका छन भने वाणगंगाका दुई जना रहेका छन ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमिका एक जना ३७ बर्षीय महिलासहित अन्य ६ जना पुरुष रहेका छन ।

थपिएका संक्रमित बुद्दभूमि नगरपालिका वडा नं. ५ का रहेका छन । जसमा १४ देखि ३४ बर्षसम्मका ६ पुरुष रहेका छन । उनीहरु सबै भारतबाट आएको खुलेको छ ।

यता वाणगंगामा संक्रमित देखिनेमा वडा नं. ७ का ३४ बर्षीय र वडा नं. ९ का ३९ बर्षीय दुईजना पुरुष रहेका छन । उनीहरुलाई नगरले बनाएको आइसोलेशनमा ल्याएर उपचार थालिएको नरपालिकाका स्वास्थ्य शाखाका संयोजक ठगराज पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय जना संक्रमित रहेका छन । मायादेवी गाउँपालिकामा ५४ जना, महाराजगञ्ज नगरपालिकामा ५० जना, शिवराज नगरपालिकामा ४८ जना, कृष्णनगर नगरपालिकामा ३५ जना संक्रमित रहेका छन ।

यस्तै कपिलवस्तु नगरपालिकामा २८ जना, शुद्धोधन गाउँपालिकामा २९ जना, बुद्धभूमि नगरपालिकामा आज थपिएका ९ जनासंगै २७ जना, विजनगर गाउँपालिकामा १६ जना, वाणगंगा नगरपालिकामा बुधबार थपिएका दुईसंगै १६ जना रहेका छन । यस्तै कपिलवस्तु अस्पतालमा एक जना उपचाररत रहेका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ३ : ३८ बजे