मायादेवी अनलाइन, चार नम्बर ।
‘जति धेरै फोहोर त्यति धेरै विकास’ । यो भनाई सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । यस्तो भनाई राख्ने जो कोहीलाई पनि समाजले अज्ञानताको संज्ञा दिन्छ । तर प्रदेश नम्बर ५ का सांसद विष्णु पन्थीले भने फोहोरबाट विकास हुने भन्दै एक सार्वजनिक कार्यक्रममा यो भनाई राख्नु भएको छ ।
विकास र अर्थशाष्त्रमा रुची राख्ने सांसद पन्थीले जति धेरै फोहोर, त्यति धेरै विकास ‘यो विकासको नयाँ अवधारण रहेको रहेको बताउनु भयो । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७ । ०७८ को लागि असार १० गते पेश गर्ने नीति तथा कार्यक्रममा सुझाव दिँदै उहाँले भन्नुभयो, “जुन स्थानमा सबैभन्दा धेरै फोहर उत्पादन हुन्छ । त्यो स्थान धनी बन्छ । तर यसको ब्यवस्थापन वैज्ञानिक हुनुपर्दछ ।”
बाणगंगा नगरपालिकाले फोहर ब्यवस्थापन केन्द्र अर्थात् डम्पिङ साइट निर्माण गर्न नसकेर आलोचना भइरहेको सन्दर्भमा अब यसमा ढिलाई गर्न नहुने बताउनु भयो । ‘नगरमा कैयौँ टन फोहर उत्पादन भएको देखिन्छ । यो जताततै छितरिएको छ । यसको ब्यवस्थापन छैन । यसले सुन्दरता पनि बिग्रिएको छ । यदि यस फोहरको आधुनिक तवरले ब्यवस्थापन हुने हो भने नगरको प्रमुख आम्दानीको श्रोत बन्छ, उहाँले भन्नुभयो ।
विश्वका धेरै मुलुकले यस संस्कारको विकास गरेर फोहोरबाट मोहर बनाएको बताउँदै उहाँले भारतको एक शहरको गतिलो उदाहरण दिनुभयो । बम्बइमा आजभन्दा १२ बर्ष अघि नै त्यहाँ फोहोर संकलन केन्द्र स्थापना गरी प्रशोधनबाट मासिक ६५ करोडको आम्दानी गरेको, हजारौँले रोजगारी पाएको मैले पढेको छु । मेयर उप-मेयर ज्यू यो कार्यमा ढिलाई नगर्नू, उहाँको भनाई छ ।
उहाँले जसरी पनि जग्गा ब्यवस्थापन गरी डम्पिङ साइट बनाउन ढिला गर्न नहुने बताउँदै त्यसमा प्रदेशले पनि सहयोग गर्ने आश्वासन दिनुभयो ।
यी पनि पढ्नुहोस
जनतालाई धनि बनाउन सकिएन भने विकासको अर्थ छैन्ः विष्णु पन्थी
विष्णु पन्थी भन्छन्, पूर्वी कपिलवस्तुलाई पर्यटनबाट समृद्धिमा जोडौं
मुलुकमा परनिर्भरता हटाउन सहकारीको भूमिका महत्वपूर्णः विष्णु पन्थी
गरिब विपन्नको साथमा तीन तहकै सरकार : साँसद विष्णु पन्थी
वित्तीय क्षेत्रमा साना किसानको योगदान महत्वपूर्ण छः विष्णु पन्थी
विकास गरौं तर दीर्घकालिन टिक्ने : विष्णु पन्थी
विकासमा राजनीति नगरौँ : विष्णु पन्थी
सरकारी विद्यालयकै कारण निजी विद्यालय खुलेका हुन : विष्णु पन्थी







प्रतिक्रिया