४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगा नदीले पारेको कहरः हेर्नुहोस् मायादेवी लेन्सका पाँच तस्बीर



वितेका दुई बर्ष वाणगंगा नदी भित्र उम्रिएका काँस (घाँस) पुरिएनन् । बर्खाको समयमा नदी भित्र उम्रिएका काँसहरु देख्नै सकिन्नथ्यो । तर, वितेका दुई बर्ष वाणगंगामा बाढी आएर । काँस प्रष्टै देखियो ।

यो समाचार पढ्नुहोस

वाणगंगा नदी ढाक्यो ‘काँस फूलैले’, बुढापाका भन्छन्, बर्खामा यस्तो कहिल्यै हुन्थेन !

यद्यपि यो बर्ष असारको पहिलो सातामै वाणगंगा नदीमा बाढी आउँन थालेको छ । ०७२ सालमा चार दशक कै सबैभन्दा ठूलो बाढी आएको वाणगंगामा त्यस यताकै सबैभन्दा ठूलो बाढी शनिबार आएको छ । शुक्रबार रातिदेखि परेको अविरल बर्षासंगै वाणगंगा नदीमा बाढी आएको हो ।

वाणगंगा-८ का गन बहादुर गिरीले विगत दुई बर्ष यताकै सबैभन्दा ठूलो बाढी शनिबार आएको बताउनुभयो । नदीमा आएको बाढी हेर्न गिरी छाता आढेर नदी किनारामा आउनुभएको थियो ।

शुक्रबार विहान भने वाणगंगामा एउटा अच्चमको घटना देखियो । एकाविहानै दुई जना (श्रीमान, श्रीमती) नदीमा दाउरा बटुल्न आएको बेला एका-एक नदीमा बाढी आएपछि बीचमै थुनिन पुगे । नदी बीचमै थुनिए पछि हारगुहारी गरी सुरक्षाकर्मी बोलाइयो ।

यो पनि पढ्नुहोस

एकाविहानै वाणगंगा नदी पसेका दुई व्यक्ति एक्कासी नदीको बहाव बढेपछि बीचमै अड्किए

सशस्त्र प्रहरी र नेपाली सेनाका जवानले उनीहरुलाई चार घण्टा पछि उद्धार गर्न सफल भए । शुक्रबार शनिबारको जस्तो बाढी आएको भए स्थिति सामान्य हुने थिएन् । तर, भाग्यभरोसा दुई जनालाई नदीको बीचबाट उद्धार गरी बचाउँन सकिएको छ ।

यो पनि पढ्नुहोस

बाणगंगा नदीमा फसेका दुई जनाले पाए पुर्नजीवन, सशस्त्र र सेनाको उद्धारमा महत्वपूर्ण भूमिका

उनीहरु नदीको बीचमा कसरी अड्कीए ? किन नदीको बीचमा बाढी जान सकेन् ? प्रश्न गरेका छन् । तर, वाणगंगाले बर्षेनी जमीन कटान गर्दै जाँदा ठूलो भू-भाग ओगटेको छ । बाढी फिजिएर बग्ने हुँदा बीचको भाग सानोतिनो बाढीले ढाक्न सक्दैन्, शुक्रबार भएको त्यही थियो ।

हेर्नुहोस शुक्रबार र शनिबार मायादेवी लेन्सले कैद गरेका पाँच तस्बीर ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ४ : ३६ बजे