रेडियो   टिभी

वाणगंगाले ल्यायो १ अर्ब १८ करोडको बजेट


मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ को बजेट बुधबार सार्वजनिक गरेको छ । राजश्व परामर्श समितिका संयोजक समेत रहनुभएका नगर उप–प्रमुख चक्रपाणी अर्यालले आर्थिक बर्ष ०७७÷०७८ को लागि १ अर्ब १८ करोड बढीको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

बुधबार नगरपालिकाको सातौं नगर सभामा बजेट भाषण गर्दै उप–प्रमुख अर्यालले यो बर्ष सबैभन्दा बढी बजेट आर्थिक विकासका लागि छुट्टाएको बताउनुभयो । उहाँले चालु खर्च तर्फ ७३ करोड ९५ लाख बराबरको बजेट विनियोजन भएको र पूजीगत खर्च तर्फ ४४ करोड ४० लाख बराबर रहेको बताउनुभयो ।

आर्थिक विकास तर्फ ८७ करोड ५२ लाख रुपैया बजेट विनियोजन गरेको नगर उप प्रमुख अर्यालले बताउनुभयो । यस्तै सामाजिक विकास तर्फ ५६ करोड ४० लाख रुपैया विनियोजन गरिएको छ ।
नगरपालिकाले पूर्वाधार विकासको लागि २८ करोड ५२ लाख रुपैयाको बजेट प्रस्तुत गरिएको छ भने वातावरण तथा विपद ब्यवस्थापन तर्फ ७५ लाख रुपैया विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस