२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

वाणगंगामा एघार महिने बालकमा पनि देखियो कोरोना, कपिलवस्तुमा थपिए २१ जना संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा शनिबार थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका चार स्थानीय तहका क्वारेनटाइनमा रहेका २१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा सबैभन्दा बढी वाणगंगा नगरपालिकाका १० जनामा संक्रमण देखिएको छ ।

नगरपालिकाको वडा नं. ९ का ७ जना, वडा नं. ८ का २ जनावडा नं. ६ का १ जना, रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै जिल्लाको विजयनगर गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी शिवराज नगरपालिकाका २ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार साँझसम्म जिल्लामा ७ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ९२ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ८ : ३० बजे