१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सुनको भाउ अहिलेसम्मकै महँगो



काठमाण्डौ ।
कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ ।
आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ भने त्यही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार आठ सय ६० निर्धारण गरिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो हप्ताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य नौ सय ४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ४ : ४१ बजे