रेडियो   टिभी

कपिलवस्तुमा पनि देखियो सलह, स्थानीय थाल बजाएर भगाउदै


मायादेवी अनलाइन, जितपुर ।
शनिबार बाराबाट प्रवेश गरेको सलह किरा कपिलवस्तुमा पनि प्रवेश गरेको छ । शनिबार वाणगंगाका केहि स्थानमा देखिएको सलह आइतबार जिल्लाका विभिन्न स्थानीय तहमा देखिएको छ ।

जिल्लाको सदरमुकाम तौलिहवा, वाणगंगा नगरपालिका, बुद्धभूमि, बहादुरगंज लगायतका स्थानहरुमा सलहको झुण्ड देखिएको खबर प्राप्त भएको छ । सलहको झुण्ड आएपछि स्थानीयले थाल, डब्बा बजाएर भगाइरहेका छन् ।

पहिलो पटक सहलको झुण्ड आफुले देखेको भन्दै अहिले आफुसहित स्थानीय मिलेर थाल बजाएर सलह भगाएको बुद्धभूमि ५ का युवा बलबहादुर महतले बताउनुभएको छ ।

यस्तै वाणगंगा नगरपालिका कृषि शाखा प्रमुख लेष बहादुर केसीले लाखौको संख्यामा आएका सलहको केहि झुण्ड मात्र छुट्टिएर आएको भन्दै नआत्तिन उहाले सबैमा आग्रह गर्नुभएको छ । तर, विशेष सावधानी अपनाउन उहाँको आग्रह छ ।

वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा सलह आएको जानकारी आएपनि अहिलेसम्म नोक्सानीको बारेमा कुनै जानकारी नभएको बताउनुभयो । यस विषयमा कृषकहरुसंग छलफल गरिरहेको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस