रेडियो   टिभी

कपिलवस्तुका प्रदेश सांसदको पिएमा कोरोना संक्रमण पुष्टि


मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका एक प्रदेश सांसदका पिएमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार जिल्लाको पश्चिमी क्षेत्रबाट निर्वाचित विरेन्द्र कानौडियाका पिएमा संक्रमण पुष्टि भएको हो ।

गत जेष्ठ ३२ गते गरिएको नमुना स्वाब संकलन मध्ये आइतबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो । उनी अहिले विजयनगर गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेका छन् ।

जेष्ठ ३२ गते हरिबोध आधाभूत विद्यालयबाट क्वारेनटाइनमा बसेका र केही समुदायका गरी ७३ जनाको नमुना स्वाब संकलन गरिएको थियो । जसमा ८ जनाको रिपोर्ट आए मध्ये सबैमा कोरोना पोजेटिभ देखिएको हो । अन्य ७ जना क्वारेनटाइनमा बसेका रहेपनि उनी सांसदको पिए रहेको जनाइएको छ ।

समुदायबाट गरिएको स्वाब संकलनमा उनमा कोरोना देखिए पछि उनका गाउँबासी त्रसित बनेका छन् । उनको नमुना स्वाबको रिपोर्ट ढिला गरी आएको कारण यो बीचमा धेरैसंग सम्पर्कमा रहेको बताइएको छ । उनमा कोरोना देखिएको थाहा पाएपछि उनको सम्पर्कमा रहेका व्यक्ति त्रासमा छन् भने कति अपरिचित व्यक्तिसंग सम्पर्कमा आए यकिन जानकारी छैन् । उनी अहिले स्वस्थ रहेको बताइएको छ ।

सांसदका पिए भएकाले सांसद कानौडियाको पीसीआर भयो भएन जानकारी छैन् । कनौडियालाई फोन गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस