४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पोहोर साल गरिमा धानबाट पीडित बनेका किसानलाई वाणगंगाले राहत दियो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले गरिमा धानबाट पीडित किसानलाई राहत उपलब्ध गराएको छ । सोमबार १७ औ धान दिवसको अवसरमा एक कार्यक्रम गरी उनीहरुलाई राहत वितरण गरिएको हो ।

गतवर्ष गरिमा जातको धान लगाए पनि धान नपसाए पछि किसान धान काटेर फाल्न बाध्य भएका थिए । गत वर्ष मर्कामा परेर नगरपालिकामा गुनासो लिएर आएका किसानहरुलाई लगानीको २० प्रतिशत राहत उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले जानकारी दिनुभएको छ ।

उहाँले गरिमा धानको कारण किसानले ठूलै क्षती ब्यहोर्नु परेको भन्दै नगरपालिकाले लगानीको २० प्रतिशत राहत उपलब्ध गराएको बताउनुभयो ।

नगरपालिकामा गुनासो लिएर आएका २१ जनालाई १ लाख १७ हजार राहत प्रदान गरेको केसीले बताउनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख मंगलप्रसाद थारुले किसानको समस्या समाधानको लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ ।

गत वर्ष कृषकहरुसंगै गएर कार्यक्रम गरेपनि यस वर्ष कोरोनाका कारण त्यो सम्धव नभएको उहाले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कृषि अधिकृत धनिराम आचार्यले गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका वरिष्ठ अधिकृत भास्कर पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष लगाएतले बोल्दै कृषकका गुनासो सुन्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : ३० बजे