२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

सिद्धार्थ क्याम्पस प्रदेशमै उत्कृष्ट, अरुणा अर्याल बनिन् टपर



मायादेवी अनलाइन, चार नम्बर ।
गत साता शैक्षिक गुणस्तर मान्यता प्राप्त गरेको सिद्धार्थ क्याम्पस वाणगंगाले प्रदेश ५ मै उत्कृष्ट नतीजा हासिल गरेको छ । भर्खर प्रकाशित त्रिभुवन विश्वविद्यालयको शिक्षा संकाय तर्फको प्रथम वर्षको परीक्षामा सिद्धार्थ क्याम्पसले प्रदेशमै उत्कृष्ट नतीजा ल्याउन सफल भएको हो । क्याम्पसकी मेधावी छात्रा अरुणा अर्यालले ६५ प्रतिशत ल्याएर प्रदेशमै उत्कृष्ट हुनु भएको छ ।

विश्व विद्यालय अनुदान आयोगले गत असार ५ गते सिद्धार्थ क्याम्पस वाणगंगालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र प्रदान गरेको थियो । आयोगले प्रदान गरेको शैक्षिक गुणस्तर मान्यताको ज्वलन्त उदाहरण बन्नुभएको छ अरुणा अर्याल । वाणगंगा ८ बोर्डगाँउ घर भएकी अर्यालले प्रदेश मै उत्कृष्ट नतिजा आएपछि आफु धेरै खुशी भएको मायादेवी अनलाइनलाई बताउनुभयो । उहाँको नतिजा राष्ट्रमै १३ औं स्थानमा र ५ नम्बर प्रदेशमा पहिलो भएको क्याम्पसले जानकारी दिएपछि आफु उत्साहित भएको बताउनुभयो ।

गत भदौमा भएको त्रिभुवन विश्व विद्यालयको परिक्षाको नतिजामा प्रदेश नम्बर ५ मा शिक्षा संकाय तर्फ उत्कृष्ट नतिजा ल्याउन अर्याल सफल हुनु भएको हो । अर्यालको सफलताले सिद्धार्थ क्याम्पस वाणगंगाको विगतमा जस्तै यसवर्षको नतिजाले पनि निरन्तरता पाएको क्याम्पस प्रशासनले जनाएको छ ।

विगतको शैक्षिक गुणस्तरको नतिजालाई पुन प्रमाणित गर्दै क्याम्पसलाई थप उचाईमा पु¥याएको सिद्धार्थ क्याम्पसका प्रमुख खेमराज शर्माले बताउनुभयो । उहाँले हालै क्युएए प्राप्त गरेको क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाण विद्यार्थीको उत्कृष्ट नतिजा भएको दावी गर्दै सम्पूर्ण सफल विद्यार्थीलाई वधाई तथा शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ९ : २८ बजे