८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अबदेखि कृषि बिकास बैंकको खाता घरमै बसेर खोल्न पाइने



मायादेवी अनलाइन, चार नम्बर ।
कृषि बिकास बैंकमा खाता खोली बैंकिङ सुबिधा उपभोग गर्न चाहने ब्यक्तिहरुले अब घर मै बसी बसि खाता खोलेर बिभिन्न बैंकिङ कारोबार गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले बैंकले उपलब्ध गराएको आधिकारिक website: https://onlineaccount.adbl.gov.np/ जस्ता माध्यमबाट लगइन गरी आवश्यक विबरण तथा कागजातहरु जस्तै नागरिकता, फोटो, हकवालाको नागरिकाता र फोटोको ‘स्कान’ प्रती समाबेश गरेर खाता खोल्न अनुरोध गर्न सक्नेछन् ।

खाता खुलेपछि खाताको जानकारी मेल मार्फत ग्राहकलाई तुरुन्तै जानकारी गराइने बैंकले जनाएको छ । विशेष गरी विद्यार्थी तथा बिदेशमा बस्ने नेपालीहरु बैंकिङ सुबिधाबाट बन्चित नहोउन भन्ने हेतुले यो कार्यक्रम अगाडी ल्याइएको बैंकले जनाएको छ ।

यस सुबिधाको उपभोग गरी घर मै बसेर बिजुली को बिल, पानीको बिल, मोबाइल तथा टिभी रिचार्ज, कृषि बिकास बैंक तथा अन्य बैंकको खातामा रकम ट्रान्सफर लगाएतका कामहरु गर्न सकिने कृषि बिकास बैंक जीतपुर शाखाका सूचना अधिकारी कृष्ण शर्माले जानकारी दिनु भयो ।

सरकारी बैंकमा सबै भन्दा पहिले ‘अनलाइन एकाउण्ट ओपनिङ’ को कार्यक्रम ल्याएकोले यो कार्यक्रम सफल हुन सक्ने सुनिश्चित समेत भएको शर्माले बताउनु भयो ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  ६ : १२ बजे