२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बैंकको व्याज र ऋण मिनाह गर्न माग राख्दै सिडिओलाई ज्ञापनपत्र पेश



गुलाम अली, तौलिहवा ।
बैंकको ऋण र ब्याज मिनाह गर्न माग राख्दै प्राचीन कपिलवस्तु यातायात व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सन्तोष हमालको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ ले गर्दा चैत्र ११ गते देखि देशभरि सार्वजनिकसवारी साधन सञ्चालनमा पूर्णरुपले बन्देज छ । जसको कारणले गर्दा बस ब्यवसायी सञ्चालन तथा यस पेशासंग अवद्ध मजदुरहरुको आर्थिक अवस्था पूर्णरुपले जरजर एवम दयनीय भएको भन्दै बैंकको ऋण र व्याज मिनाह गर्न संघले माग गरेको छ ।

कोरोनाले चैत्र ११ गते देखि यस प्राचिन कपिलबस्तुमा आबद्ध व्यवसायीलाई बैंकको ऋण तिर्न गाह्रो भएको र घरमै गाडी नचलाई राख्दा विग्रिन थालेको अध्यक्ष हमालले बताउनुभयो ।

आफुहरुको एकमात्र जिविकोपार्जन गर्ने माध्यम सवारी साधन भएकाले बैकंको ऋण र ब्याज तिर्न लकडाउनको बेलामा समस्या भएको व्यवसायीले दुखेसो पोखेका छन् ।

ज्ञापन पत्रको मुख्य बोधार्थ मुख्यमन्त्रीको सचिवालय, यातायात ब्यवस्था कार्यालय प्रदेश नंं ५ बुटवल र राष्ट्रिय यातायात ब्यवसायी महासंघ काठमाडौंलाई बनाइएको छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ३ : ०३ बजे