८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

महाराजगंजले ल्यायो १ अर्ब ७ करोड बराबरको बजेट, सडकलाई मुख्य जोड



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कोरोना भाइरसका कारण जारी लकडाउनका बीच नगरपालिकाको सातौं नगर सभामा सो बजेट प्रस्तुत गरिएको हो ।

नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम पारित गरेको थियो । पुजीगत तर्फ ५४ करोड, ७६ लाख ६३ हजार तथा चालु तर्फ ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले बताए । नगरपालिकाको सशर्त अनुदान २७ करोड १९ लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड रकम नगर सभाले विनियोजित गरेको छ ।

महाराजगंज नगरपालिकाले हिलो मुक्त गाउँ निर्माणका साथ अघि बढेको नगर प्रमुख कलामले बताए । कोरोना भाइरसका कारण चालु आर्थिक बर्षमा बिकास निर्माणमा बाधा पुगेको प्रमुख खाले बताए । तर आगामी आर्थिक बर्ष विकास निर्माणलाई तिब्रता दिईने उनले बताए ।

यस्तै खरको छानो मुक्त नगर निर्माण र शुद्ध खानेपानीमा समेत विशेष रकम विनियोजन गरेको नगर प्रमुख खाँले बताए । नगरपालिकाले महाराजगंज नगरपालिकामा रहेको ११ वटै वडालाई ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उप–प्रमुख शुभावती कुर्मीले बताइन् ।

नगरको भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि, पशु सेवा, लगायतका क्षेत्रमा रकम विनियोजित गरिएको उप–प्रमुख कुर्मीले बताईन ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ७ : १८ बजे