१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुनको भाउ ५ सय रुपैयाँ घट्यो



काठमाण्डौ ।
सुनको कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि एकैदिन तोलामा ७ सय रुपैयाँ घटेर सुन ९१ हजार रुपैयाँ तोकिएको थियो । यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो । गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार र सोमबार भने सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ भएको भए पनि मंगलबार तोलामा २ सय बढेको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  १२ : ४९ बजे