रेडियो   टिभी

के हो खाद्य सुरक्षा ? यस्ता छन् चार आधारभूत कदम


विवेक गैरे ।
खाद्य स्वच्छन्दता भनेको समान्य भाषामा खानेकुराको गुणको आधारमा मानव शरीरको लागि खान योग्य र सुरक्षित छ या छैन भन्ने बारे बुझनु हो । खाद्य स्वच्छताको विश्व खाद्य शिखर सम्मेलन १९९६ ले दिएको परिभाषा अनुरुप यी मुख्य ४ पिल्लरहरु टिप्पणी गर्न सकिन्छ । . खानेकुराको उपलब्धता . खानेकुराको पहुँच . खानेकुराको प्रयोग र . खानेकुराको स्थिरता ।

यदि यी पिल्लरहरु पूर्ण रुपमा कुनैपनि मनिसले पाएको छ भने मात्र उसले खाद्य सुरक्षा पाएको छ भन्न सकिन्छ । खाद्य स्वच्छता बाली काटेको समय देखि सुरू हुन्छ । यसमा बाली भित्र्याउने, भण्डारण गर्ने, ओसारपसार गर्ने, प्रसोधन गर्ने, पुनः भण्डारण गर्ने, अनुगमन गर्ने र अंतिममा ग्राहक भएर खरिद गर्ने, उपयोग गर्ने र पुनः घरमा भण्डारण गर्ने सम्म पर्दछन् । खाद्य स्वच्छता अन्तर्गत खाद्यान्नको उत्पादन, वितरण, उपलब्धता, पहुँच साथसाथै उपयोगको ज्ञान लगायतका विषयहरु पर्दछन् । यहाँ उल्लेखित विषयवस्तु मध्ये कुनै एकको अभाव भएमा खाद्य सुरक्षा भएको मान्न सकिँदैन् । उदाहरणको लागि खाद्यान्नमा पहुँच भएर पनि त्यसको पोषणतत्व कायम राखेर स्वच्छ तरिकाले उपभोगको ज्ञान भएन भने अथवा, खाद्यान्नको पर्याप्त उपलब्धता भएर पनि यदि आम नागरिकका आर्थिक समस्याको कारण उपभोग गर्न भ्याउँदैन भने पनि त्यसलाई खाद्य सुरक्षा भन्न सकिदैन ।

नेपाल कृषि प्रधान मुलुक भएर पनि हरेक व्यक्तिलाई आवश्यकता अनुसारको खाद्यन्न उपलब्ध गराउन सकिरहेको छैन् । मनसुनी वर्षामा मात्र आधारित रहेर निर्वाहमुखी परम्परागत कृषि प्रणाली गर्ने भएकाले र कृषियोग्य जमिनको समान वितरण नभएका कारणले गर्दा देशको ठूलो जनसंख्या खाद्य सुरक्षाबाट वञ्चित रहनु परिरहेको छ । करिब ६३५ जनसंख्या कृषिमा निर्भर भएता पनि त्यसको कुल उत्पादनमा भने ३२५ को मात्र योगदान रहेको पाइन्छ । सन् २०१४ मा विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ७६ देश मध्ये ४४ औँ स्थानमा रहेको नेपाल विश्व भोकमरी सूचकांक २०१७ अनुसार विश्वका ११८ देश मध्ये नेपाल २२ अंकसहित ७२ औँ स्थानमा रहेको छ । नेपालको झण्डै ४१ प्रतिशत जनसंख्या दिनहुँ चाहिने २२७९ क्यालोरीको लागि खाद्यन्न उपभोग गर्नबाट वञ्चित रहनु परेको अवस्था छ । त्यस्तै अझैपनि ४१ प्रतिशत बालवालिकाहरु दीर्घ कुपोषण बाट पीडित छन भने १५ प्रतिशत बालबालिकामा ख्याउटेपन रहेको छ । देशको कुल खाद्यन्न उत्पादन र उपभोगको स्थिति सम्बन्धि तथ्यांक अनुसार खाद्यन्न भण्डारण केन्द्रमा खाद्यन्न वचतको अवस्थामा रहेको भए तापनि विशेषतः कर्णाली अञ्चल लगायत दुर्गम क्षेत्रका २६ जिल्लाहरुमा अझै पनि खाद्य सुरक्षामा कमी रहेका पाइन्छ । खाद्य सुरक्षा व्यवस्थापन गर्दा हरेकले ध्यान दिनुपर्ने ४ आधारभूत कदमहरु ।

हरेक वर्ष करौँडो मनिसहरु खाद्य अस्वच्छता कारणले बिरामी हुन्छन् । खाद्य अस्वच्छताका कारणले विभिन्न ज्यानलेवा रोगहरु निम्ताउन सक्छ । त्यसकारण आफू र आफ्नो परिवारलाई निरोगी र सुरक्षित राख्न निम्न ४ विधि अपनाउन पर्दछ ।

१. सरसफाई

आफ्नो हात, खानेकुरा, टेबल, र भाडाहरू नियमित रुपमा धोएर सफा गर्नु पर्दछ ।
हातलाई मनतातो पानीले २० सेकेण्डसम्म साबुन लगाएर खाना छुनु अघि र छोएपछि मिचीमिची धुने गरौं ।

भाडाहरू, चम्चा, छुरी, तरकारी काट्ने बोड,खाना पकाउने चुलो र टेबल हरेक पटक खाना पकाउनु अघि र पछि मनतातो पानी र साबुनले सफा गर्ने गरौं ।

फलफूल र तरकारीहरू राम्रोसँग पखालेर मात्र प्रयोग गरौं बट्टामा भएका समानहरु खोल्नु आघि बिर्कोलाई राम्रोसँग सफा गरेर मात्र खोल्नु पर्दछ ।

२. छुटाउनु (अलग–अलग राख्नु)

नपाकेको खानाबाट किटाणु सक्रमण हुनसक्ने हुनाले छुटै राख्नु पर्दछ ।

काँचो मासु, समुद्री खाना र अण्डा जस्ता खानाहरू आफ्नो झोला, फ्रिज र सपिङ्ग काट्मा राख्दा अरु खाना भन्दा छुटै र टाढा राख्नु पर्दछ ।

काँचो खानाहरू काट्दा विशेष र छुटै कटिङ बोडको प्रयोग गर्नु पर्दछ ।

खानाको परिकार छुटाएर फरक फरक ठाउँमा राख्नु पर्दछ ।

३. पकाउनु (cook)
तापक्रमबाट किटाणुहरू मर्ने हुँदा खानालाई चाहिने तापक्रममा पकाउने र तातो राख्ने गर्नु पर्दछ ।

सुरक्षित पकाउने तापक्रमहरु

दुध, पानी उम्लिने तापक्रमसम्म

गाई, भैसी, सुँगर, बंगुर, भेडा, बाख्रा १६० १६०°F
माछा १४५ १६०°F
कुखुरा, टर्की, हाँस १६५ १६०°F
हामीले हेरेर खानाको तापक्रम थाहा पाउन सकिदैन यसको लागि खाद्यमा प्रयोग हुने थेर्मोमिटर प्रयोग गर्नु पर्दछ ।

४ चिसो बनाएर राख्नु

खाना तयार भएपछी फ्रिजमा राख्नुहोस्
२ घण्टे नियमः खाना किनेको या पकाएको २ घण्टापछि मात्र फ्रिजमा राख्न योग्य हुनेछ । यदि ९० वा सो भन्दा बढी तापक्रम रहेमा १ घण्टा पछि पनि राख्न सकिन्छ ।
कहिल्यै पनि खाना फ्रिजबाट बाहिर लिएर साधारण पकाएर नपगाल्नुहोस् । पगाल्नका लागि चिसो पानी, माइक्रोवोए फ्रिज आदीको प्रयोग गर्नु पर्दछ ।

को कति जोखिममा ?

जो कोही पनि अशुद्ध खानाको कारण बिमारी हुनसक्छ ।

त्यसमध्ये पनि तल उल्लेखित उमेर र अवस्था अनुसार विभाजित वर्गका मानिसहरु

स्वच्छताको सिकार भएका छन्, वालवालिका, गर्भवती, महिला, असक्त बृद्ध, एड्स, मधुमेह, मृर्गौला सम्बंधित रोगीहरू

केहि खानाहरू उल्लेखित वर्गहरुका मानिसहरुलाई जोखिमपूर्ण हुन्छ । सो मानिसहरुले चिकित्सकको सल्लाह वमोजिम उचित र शुद्ध खानाहरू खानु पर्दछ ।


(लेखक गैरे, हाल पद्मश्री इंटरनेशनल का‘लेजमा ‘फूड टेक्नोलोजी विषयमा स्नातक तह २ बर्षमा अध्ययनरत बिद्यार्थी हुन्)

प्रतिक्रिया दिनुहोस