५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

सुनको भाउ फेरि बढ्यो



काठमाडौं ।
सुनको भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो ९० हजार नौ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। आज ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ११ : ५४ बजे