१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बहादुरगंजमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना, नगर प्रमुख शाहद्धारा उद्घाटन



अजय मिश्र, कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर स्थापना गरिएको छ ।

काउन्टरको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उद्घाटन गरेका हुन् । काउन्टर उद्घाटन गर्दै नगर प्रमुख शाहले एक्सटेन्सन काउन्टरबाट बहादुरगंज लगायत अन्य क्षेत्रका जनता लाभान्वित हुने बताए ।

उनले व्यापारी, व्यवसायी, कृषक समेतले सहुलियत कर्जा लिएर आआफ्नो व्यापार, व्यवसाय, कृषि फार्म हरू गर्न सक्ने बताए । विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक भैरहवाका उपनिर्देशक शान्ति प्रसाद पाण्डेयले सर्वसधारण लगायत अन्य लाई सेवा प्रवाह गर्ने उद्देश्यले खोलिएको नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टरको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरे ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्ण प्रसाद न्यौपानेले सरकारी बैंक हरू राम्रो नरहेको सर्वसाधारणको बुझाइ लाई सबै भन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले गलत साबित गरेको भन्दै राम्रो सेवा सुविधा दिने बैंक मध्ये नेपाल बैंक लिमिटेड पनि अग्र स्थानमा रहेको जिकिर गरे ।

नेपाल बैंक लिमिटेड प्रदेश नं ५ प्रमुख पासाङ दोर्जि शेर्पाले कोरोना भाइरस महामारीले गर्दा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गतको एक्सटेन्सन काउन्टर ढिलो खुलेकोबताउदै काउन्टर खोल्न चालिस प्रतिशत परियोजना हरु बाट सहयोग भएको बताए ।

उनले काउन्टर खोल्न नगर प्रमुख शाहको विशेष पहल रहेको, विभिन्न शिर्षकमा सहुलियत दरमा कर्जा समेत यस बैंक बाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुखले प्रमुख अतिथि र विशिष्ट अतिथि लाई मायाको चिनो प्रदान गरे ।

उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाका अर्जुन चालिसे, खुस्बु शाह, इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रमुख धर्मराज भण्डारी, स्थानीय लगाएतको उपस्थित रहेको थियो । कार्यक्रम बैंकका कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादवले स्वागत मन्तव्य र सम्झना ढकालको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ७ : २८ बजे