१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तुमा १ महिनापछि ठुलो संख्यामा कोरोना संक्रमित थपिए, संख्या ८ सय नजिक



मायादेवी अनलाइन, चार नम्बर ।

लामो समयपछि कपिलवस्तुमा ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । आज जिल्लाको शिवराज नगरपालिकामा कोभिड १९ का ३४ जनामा कोरोना पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ ।

आज फेला परेका मध्ये २८ जना पुरुष र ६ जना महिला रहेको जनाइएको छ । यसमध्ये भारतबाट आएका १२ जना, संयुक्त अरब यमिरेट्स (दुबई) बाट आएका ४ जना,कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जनामा कोरोना पुष्टि भएको हो । बाँकी १३ जना समुदाय स्तरका रहेका छन् ।

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो । समुदायस्तरमा १३ जनामा कोरोना देखिएपछि जिल्लामा त्रास बढेको छ ।

यसअघि असार १३ गते २१ जनामा बाणगंगा नगरपालिकामा कोरोना संक्रमण देखिएको थियो । त्यसअघि ४ गते १६ जनामा संक्रमण देखिएकोमा पछिल्ला ेसमय भने फाट्टफुट्ट मात्रै संक्रमित देखिएका थिए । पछिल्ला समय लकडाउन खुकुलो भएर लापरबाही बढेपछि यस्तो अवस्था आएको सरोकारवालाको भनाई छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७ मंगलबार ००:००  ११ : २७ बजे